previous arrow
next arrow
Slider

प्रदेश प्रमुखज्युको संदेश

माननीय श्री उमाकान्त झा

प्रदेश प्रमुख

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने लक्ष्य लिएको छ । संविधानमा व्यवस्था भए बमोजिम संघ, प्रदेश र स्थानीय तहका सरकारहरु गठन भई सन्चालनमा छन् ।…

विस्तृत जानकारी

संक्षिप्त चिनारी

धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ कुम्हरौल निवासी पिता राजनन्दन झा र माता भवानी झा (हाल स्वर्गीय)को तेस्रो सन्तानका रूपमा २०१२।११।०१ गते जन्मनु भएका माननीय श्री उमाकान्त झालार्इ सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ (२) बमोजिम मिति २०७४।१०।०५ मा प्रदेश नं. ५ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।
माननीय उमाकान्त झाले प्रारम्भिक शिक्षा घरैमा, प्राथमिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय कुम्हरौल, एस. एल. सी. क्षिरेश्वर जनता मा. वि. महेन्द्रनगर (धनुषा), आइ. एस. सि., रा.रा.ब. कलेज, जनकपुरबाट उत्तीर्ण गर्नु भएको थियो ।…

विस्तृत जानकारी

प्रदेश प्रमुखको कार्यालयको परिचय

नेपालको संबैधानिक प्रावधान अन्तर्गत संघीय व्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने क्रममा प्रदेश नं. ५ को प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. ५ को प्रथम प्रदेश प्रमुखको रुपमा माननीय श्री उमाकान्त झाको पद वहालीसँगै २०७४ साल माघ ७ गते बुटवलमा स्थापना भएको हो । यो कार्यालय साविकमा बुटवल व्यापार संघको भवनमा स्थापना भई कार्य आरम्भ गरिएकोमा प्रदेश प्रमुखको आवास सडक डिभिजन कार्यालय‚ बुटवलको अतिथि गृहमा रहेको र हाल प्रदेश प्रमुखको आवास तथा कार्यालय तत्कालिन उच्च सरकारी वकिलको कार्यालयको निर्मित भवनमा रहेको छ ।…

विस्तृत जानकारी

माननीय प्रमुखज्यु सरीक हुनु भएका कार्यक्रमका केही झलकहरु

previous arrow
next arrow
Slider