मिति २०७६ साल असार १२ गतेका दिन माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूसँग नेपालका लागि जापानका राजदूत H.E. Mr. Masamichi Saigo ले वुटवलस्थित कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । सो भेटको अवसरमा नेपालको संविधान वमोजिम यस प्रदेश नं. ५ मा संघीयता कार्यान्वयनका सन्दर्भमा भएका कार्यहरु लगायत द्विपक्षीय र आपसी हितका विषयहरुमा छलफल भएको थियाे ।
मितिः २०७६ साल असार १२ गते बिहिबार
विश्व वातावरण दिवस–२०७६ को अवसरमा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयद्वारा प्रदेश नं. ५ को नेपालगंज, बाँकेमा आयोजित वातावरण तथा जलबायु परिवर्तन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूको समुपस्थितीमा विशेष आतिथ्यता र समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७६ जेष्ठ २२ गते वुधबार ।

प्रदेश गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा आतिथ्यता ग्रहण गर्नुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७६ जेष्ठ १५ गते बुधबार ।
माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू प्रदेश सभाकाे बैठकमा आ.ब. ०७६।०७७ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै ।
मितिः २०७६ जेष्ठ ९ गते बिहिबार ।
प्रदेश सरकार र लुम्बिनी विकास परिषद्को संयुक्त आयोजनामा आयाेजित २५६३औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण बर्ष-२०७६ एवं लुम्बिनी दिवस मूल समाराेह कार्यक्रममा प्रमुख अथिती सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भन्डारीज्यू र विषिष्ठ अतिथी सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यूको साथमा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७६ साल जेष्ठ ०४ गते शनिवार

अन्तरप्रदेश भ्रमणको शिलशिलामा अनुभव आदान प्रदानका लागि आउनुभएका प्रदेश नं. २ का मुख्य न्यायाधिवक्ता श्री दिपेन्द्र झाले नेतृत्व गर्नुभएको टाेलीले माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू समक्ष भेटघाट गरी कानून निर्माण लगायतका विषयमा प्रदेश नं. २ मा भईरहेका गतिविधिका बारेमा जानकारी गराएको थियाे ।
मितिः २०७६ बैशाख ७ गते शनिवार
सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न जितगढी विजय उत्सब दिबस-२०७६ मा विशिष्ठ अतिथीका रुपमा सहभागिता जनाउनुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७६ बैशाख ७ गते
प्रदेश सरकार र नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटर‚ बुटवलको संयुक्त आयोजनामा आयोजित सल्य चिकित्सा सहितको निःशुल्क बृहत संयुक्त स्वास्थ्य शिविरको (रुपन्देही जिल्लाको कोटहीमाई-५) उद्घाटन गर्नुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७६ बैशाख ०४ गते
सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू सिक्टा सिचाई आयोजनाको अवलोकनार्थ नेपालगञ्ज आउनुहुँदा विमानस्थलमा स्वागत गर्नुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७६ बैशाख ०३ गते
सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूको समुपस्थितीमा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू र माननीय मुख्य मन्त्री श्री शंकर पाेखरेलज्यू संयुक्त रुपमा नेपालगञ्ज बाँकेमा अवस्थित साेल्टी होटलको उद्घाटन गर्नुहुँदै ।
मितिः २०७६ बैशाख ०३ गते
माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू समक्ष महालेखापरीक्षकको आ.ब. ०७४।०७५ को प्रतिवेदन पेश गर्नुहुँदै माननीय महालेखापरीक्षकका प्रतिनिधी नायब महालेखापरीक्षक श्री श्याम प्रसाद अर्याल ।
मितिः २०७५ चैत्र २९ गते

कपिलबस्तु जिल्लामा अवस्थित सम्मरीमाई मन्दिरको दर्शनपछि माननीय प्रदेश प्रमुख श्री उमाकान्तज्यूसँग कपिलबस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु सामुहिक तस्विर खिचाउनुहुँदै ।
मितिः २०७५ चैत्र २५ गते
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई भैरहवा विमानस्थलमा स्वागत पश्चात् आयोजित पत्रकार सम्मेलन र गाैतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको अवलोकनका क्रममा सहभागि हुनुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७५ चैत्र ८ गते

मिति २०७५ साल फागुन ८ गतेका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले भेट गर्नुभयो । उक्त भेटका अवसरमा समग्र प्रदेशको बस्तुस्थिति तथा समसामयिक विषयमा छलफल भएको थियो र माननीय प्रदेश प्रमुखज्यूले हालसम्म सम्पादन गरेका कार्यको अनुभवहरु सम्माननीय राष्ट्रपतिसमक्ष जानकारी गराउनु भएको थियो ।
मितिः २०७५ फागुन ८ गते बुधबार
प्रदेश स्थापना दिवस – २०७५ को शुभअवसरमा प्रदेश प्रमुखको कार्यालय, बुटवलद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यालयबाट प्रकाशित “प्रतिबिम्ब” पुस्तिकाको बिमोचन कार्यक्रमका केही झलकहरु…
मितिः २०७५ फागुन ०३ गते शुक्रबार

प्रदेश सरकार, प्रथम प्रदेश स्थापना दिवस मूल आयोजक समितिद्वारा बुटवलमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थिति जनाउनुहुँदै र प्रदेश सरकारद्वारा प्रकाशित पुस्तक विमोचन गर्नुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७५ फागुन ०३ गते शुक्रबार
अख्तियार दुरुपयोग अनुसन्धान आयाेगको २८औं स्थापना दिवस कार्यक्रममा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७५ माघ २८ गते
प्रथम प्रदेश सभा स्थापना दिवसका अवसरमा प्रमुख अातिथ्यता जनाउनुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू
प्रथम प्रदेश सभा स्थापना दिवसका अवसरमा प्रमुख आतिथ्यता जनाउनुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७५ माघ २१ गते
सम्माननीय उपराष्ट्रपति श्री नन्दकिशोर पुनज्यूलाई भैरहवा विमानस्थलमा स्वागत गर्नुहुँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
मितिः २०७५ माघ १७ गते
माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू समक्ष प्रधानसेनापति श्री पूर्णचन्द्र थापाज्यू समसामयिक विषयमा भेटघाट गर्नुहुँदै ।
मितिः२०७५ पुस ४ गते बुधबार
माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू समक्ष महालेखा परीक्षक श्री टंकमणी शर्माज्यू समसामयिक विषयमा भेटघाट गर्नुहुँदै ।
मितिः २०७५ मंसिर २० गते बिहीबार ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न लुम्बिनी बौद्ध बिश्वविद्यालयको १४औं बार्षिकोत्सब कार्यक्रममा विशिष्ट अतिथीको रुपमा सहभागिता जनाउँदै माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ।
२०७५ मंसिर २२ गते शनिवार
संविधान दिवस – २०७५ को शु–अवसरमा प्रदेश प्रमुखको कार्यालय, बुटवलद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम असोज ३ गते सम्पन्न गरियो । उक्त कार्यक्रममा माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलज्यू, तुल्सीपुर उच्च अदालतका माननीय मुख्य नायाधिस श्री नहकुल सुवेदीज्यू, प्रदेश सभामुखज्यू, प्रदेश उप–सभामुखज्यू, प्रदेश मन्त्रिपरिषद्का सदस्यज्यूहरु, प्रदेश सभाका माननीय सदस्यज्यूहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष एवं सदस्यज्यूहरु, प्रदेश कानून मस्यौदा आयोगका पदाधिकारीज्यूहरु, प्रदेश प्रमुख सचिवज्यू, प्रदेश सभाका सचिवज्यू, प्रदेश सरकारका सचिवज्यूहरु, सुरक्षा अंगका प्रमुखज्यूहरु, निजी/पेशागत संघ संगठनका प्रमुखज्यूहरु, कार्यालय प्रमुखज्यूहरु, संचार गृहका प्रतिनिधिज्यू लगायत उच्च पदस्थ व्यक्तित्वहरुको सभागिता रहेको थियो ।
संविधान दिवस – २०७५ को शुभअवसरमा प्रदेश प्रमुखको कार्यालय, बुटवलद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम असोज ३ गते सम्पन्न गरियो । उक्त कार्यक्रममा माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलज्यू, तुल्सीपुर उच्च अदालतका माननीय मुख्य नायाधिस श्री नहकुल सुवेदीज्यू, प्रदेश सभामुखज्यू, प्रदेश मन्त्रिपरिषद्का सदस्यज्यूहरु, प्रदेश उप–सभामुखज्यू, प्रदेश सभाका माननीय सदस्यज्यूहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष एवं सदस्यज्यूहरु, प्रदेश कानून मस्यौदा आयोगका पदाधिकारीज्यूहरु, प्रदेश प्रमुख सचिवज्यू, प्रदेश सभाका सचिवज्यू, प्रदेश सरकारका सचिवज्यूहरु, सुरक्षा अंगका प्रमुखज्यूहरु, निजी/पेशागत संघ संगठनका प्रमुखज्यूहरु, कार्यालय प्रमुखज्यूहरु, संचार गृहका प्रतिनिधिज्यू लगायत उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।