माननीय प्रदेश सभामुख श्री पुर्ण बहादुर घर्तीज्यूको सिफारिशमा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू ले टिकापुर न.पा वडा नं. १, कैलाली बस्ने श्री दुर्लभ कुमार पुन मगरलाई नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम प्रदेश नं. ५ को प्रदेश सभाको सचिव पदमा मिति २०७५।०४।३१ गते नियुक्त गर्नुभएको छ ।

मितिः २०७५ श्रावण ३१ गते विहिबार ।

(कमलप्रसाद घिमिरे)
प्रवक्ता