प्रदेश सभाको मिति २०७५।११।२६ गते बसेको बैठकबाट पारित भएको विधेयक “प्रदेश नं. ५, भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा बनेको विधेयक”लाई आज मिति २०७५।१२।१४ गते माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको ब्यहोरा जानकारी गराउँदछु ।
मितिः २०७५ चैत्र १४ गते बिहिबार ।
(शालिकराम आचार्य)
उप सचिव