प्रदेश सभाको विभिन्न मितिमा बसेका बैठकबाट पारित भएका तपसिल बमोजिमका विधेयकहरुलाई माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको ब्यहोरा जानकारी गराउँदछु ।
तपसिल
क्र.सं. | प्रदेश सभाबाट पारित मिति | विधेयकको नाम | प्रमाणीकरण मिति |
१ | २०७६।०१।०८ | प्रदेश नं. ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक | २०७६।०२।१४ |
२ | २०७६।०१।२२ | गाउँ सभा/नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०२।१४ |
३ | २०७६।०१।१९ | प्रदेश नं. ५, खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०२।१४ |
४ | २०७५।१२।२६ | प्रदेश नं. ५, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०२।१४ |
मितिः २०७६ साल जेष्ठ १५ गते बुधबार ।
(शालिकराम आचार्य)
प्रवक्ता