विज्ञप्ती


आज मिति २०७६ साल असार १२ गतेका दिन माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूसँग  नेपालका लागि जापानका राजदूत H.E. Mr. Masamichi Saigo ले वुटवलस्थित कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । सो भेटको अवसरमा नेपालको संविधान वमोजिम यस प्रदेश नं. ५ मा संघीयता कार्यान्वयनका सन्दर्भमा भएका कार्यहरु लगायत द्विपक्षीय र आपसी हितका विषयहरुमा छलफल भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

मितिः २०७६ साल असार १२ गते बिहिबार ।     

                                                            (चिरञ्जिवी पौडेल)
प्रवक्ता