विज्ञप्ति


माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिमको सिफारिश समितिको सिफारिशमा सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिम सन्धिखर्क -१०, अर्घाखाँची  निवासी प्राध्यापक श्री डिलाराम भट्टराईलाई आज मिति २०७६ साल साउन २३ गतेका दिन प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्ति गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

मिति: २०७६ साउन २३ गते ।

चिरञ्जिवी पाैडेल
प्रवक्ता / उप सचिव