शुभकामना


ईस्लाम धर्मावलम्वीहरुको महान चाड बकर ईदको अवसरमा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले दिनुभएको शुभकामना सन्देश :

आज २०७६ साल श्रावण २७ गते सोमबारका दिन ईस्लाम धर्मावलम्वीहरुको महान चाड बकर ईद हर्षोल्लास एवं खुशीयालीका साथ मनाईंदै छ । यस सुखद अवसरमा म समस्त नेपाली ईस्लाम समुदायलाई  हार्दिक शुभकामना दिन चाहान्छु ।

परम्परा तथा संस्कृति भनेका हरेक समाज र समुदायका अमूल्य सम्पत्ति मात्रै होइन राष्ट्रका निधि पनि हुन् । सामाजिक परम्परा तथा साँस्कृतिक प्रचलनबाट  आ–आफ्ना मौलिक पहिचानको संरक्षण भई राष्ट्रिय एकताको भावनामा अभिबृद्वि हुने हुँदा मानव सभ्यतामा चाडपर्व र साँस्कृतिक परम्पराहरुलाई गौरवको अनुभूतिका साथ अवलम्वन गर्ने गरिन्छ । नेपालका विभिन्न समुदायहरुको वहुसाँस्कृतिक विशेषताको संरक्षण हाम्रो संविधानले नै गरेको छ । उन्नत मौलिक  संस्कृति र परम्परा रहेको नेपालको ईस्लाम समुदायका चाडपर्वहरुले आपसी  सद्‌भावका साथै विभिन्न समुदायहरुवीच सहअस्तित्वको विकासमा समेत अमूल्य योगदान पुर्‌याउँदै आएका छन् ।

यस वर्षको बकर ईद पर्वले सम्पूर्ण ईस्लाम दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, सु-स्वाथ्य तथा समृद्धि ल्याउनुका साथै आपसी सद्‌भावको अभिवृद्धितर्फ अझ बढी प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

मितिः २०७६ साउन २७ गते सोमबार ।

                                                                                                          (उमाकान्त झा)
प्रदेश प्रमुख