प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (७) बमोजिम माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूको उपस्थितिमा उच्च अदालत तुलसीपुरका माननीय मुख्य न्यायाधीश श्री रमेश पोखरेलज्यू समक्ष आज मिति २०७६ साल साउन २८ गतेका दिन प्रदेश प्रमुखको कार्यालय‚ बुटवलमा प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक श्री डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिनुभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।
मिति: २०७६ साउन २८ गते मंगलबार ।
(चिरञ्जिवी पौडेल)
प्रवक्ता /उप सचिव