प्रदेश सभाको विभिन्न मितिमा बसेको बैठकबाट पारित भएका तपसिल बमोजिमका विधेयकहरुलाई माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको ब्यहोरा जानकारी गराउँदछु ।
तपसिल
क्र.सं. | प्रदेश सभाबाट पारित मिति | विधेयकको नाम | प्रमाणीकरण मिति |
१ | २०७६।०५।१८ | साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०६।०१ |
२ | २०७६।०४।२१ | प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०६।०१ |
३ | २०७६।०४।२१ | सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०६।०१ |
४ | २०७६।०५।२२ | प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक | २०७६।०६।०१ |
५ | २०७६।०५।२३ | प्रदेश नं. ५, सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०६।०१ |
मितिः २०७६ साल आश्विन १ गते बुधबार ।
(चिरञ्जिवी पौडेल)
नि. सचिव