विज्ञप्ति


माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलज्यू Belt and Road Sichucan International Friendship Cities Co-operation and Development Forum (2019 October 15-18) कार्यक्रममा सहभागी हुन जाने शिलशिलामा सम्बत् २०७६ साल आश्विन २४ गते शुक्रवारदेखि काठमाडौं हुँदै चिनतर्फ प्रस्थान गर्नुहुने भएकोले मुख्यमन्त्रीको अनुपस्थितिमा मुख्यमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम मुख्यमन्त्रीको सिफारिशमा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री कुल प्रसाद के.सी.ज्यूले सम्हाल्ने गरी तोक्नुभएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।  

मितिः २०७६ साल असोज २४ गते शुक्रबार ।

                                                                                                    (चिरञ्जिवी पौडेल)
नि. सचिव