विज्ञप्ति


प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा () बमोजिम माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूको उपस्थितिमा प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्री डिलाराम भट्टराई समक्ष आज मिति २०७६ साल कार्तिक २५ गतेका दिन प्रदेश प्रमुखको कार्यालय‚ बुटवलमा प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य श्री बावुराम गौतमले पद तथा गोपनीयताको सपथ लिनुभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ  ।

मिति: २०७६ साल कार्तिक २५  गते सोमबार ।

(चिरञ्जिवी पौडेल)
नि. सचिव