विज्ञप्ति


यस प्रदेशका माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले विश्वव्यापी संकटको रुपमा फैलिएको COVID-19 महामारीको अहिलेको अवस्थामा प्रदेशवासीहरु लगायत सम्पूर्ण जनसमुदायहरुलाई यस प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यताका साथ महामारीको सामना गर्न तथा संघ, प्रदेश र स्थानिय तहका सरकारबाट घोषित रोकथामका उपायहरुको अवलम्वन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउन आग्रह गर्नुभएको छ ।

यसै क्रममा माननीय प्रदेश प्रमुखज्यूले नेपाल सरकारले स्थापना गरेको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको तलव जम्मा हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । उक्त रकम छिट्टै नेपाल सरकारद्वारा निर्धारित संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको बैंक खातामा जम्मा हुनेगरी पठाइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

207६ चैत्र २७
वुटवल ।

(चिरञ्जिवी पौडेल)
प्रवक्ता