प्रदेश सभाको मिति २०७७/०२/१७ गते र मिति २०७७/०२/३२ गते बसेको बैठकबाट पारित भएका तपसिल बमोजिमका विधेयकहरु माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणिकरण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।
तपसिल:
क्रमसंख्या | प्रदेश सभावाट पारित मिति | विधेयकको नाम | प्रमाणिकरण मिति |
१ | २०७७/०२/१७ | वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७७/०३/१६ |
२ | २०७७/०२/३२ | सडक निर्माण, मर्मत-संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७७/०३/१६ |
मितिः २०७७ साल आषाढ १६ गते मंगलवार, बुटवल ।
(चिरञ्जिवी पौडेल)
प्रवक्ता