शुभकामना


देशका विभिन्न भागमा विभिन्न समुदायहरुले आ-आफ्नै किसिमले मनाउने गरेको  माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी आदि नामले परिचित चाड नेपालीहरुको घर आँगनमा आईपुगेको छ । माघी पर्वको यस सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हरेक जातजातिहरुले विभिन्न क्षेत्रमा मनाउने गरेका चाडपर्वहरुको आ-आफ्नै राष्ट्रिय महत्व रहेको छ । यी पर्वहरुले नेपालका विभिन्न जातजाति वीच एकआपसमा भाइचाराको सम्वन्ध वढाई राष्ट्रिय एकता सुदृढ वनाउन मद्दत गरेका छन् । माघी पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्‍जन साथै मिष्ठान्‍न भोजन गर्दै मनाउने प्रचलन रहिआएको छ। थारु समुदायले यो पर्वलाई आफ्नो नयाँ वर्षको रूपमा विशेष खुशी र उमंगका साथ  मनाउने गर्दछन् ।

विगत एक वर्षको समयदेखि विश्वभरी फैलिएको कोरोना भाइरस (COVID-19) को महामारीबाट अझै हामी बाहिर निस्कन नसकेको यस अवस्थामा विशेष स्वास्थ्य सावधानी अपनाई आ-आफ्नो रीति तथा परम्परा अनुरुप माघी पर्व मनाउँन म समस्त प्रदेशवासीहरुमा आग्रह गर्दछु ।

अन्त्यमा, यस वर्षको माघी पर्वले सबै प्रदेशवासीहरु लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धि ल्याउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

२०७७ माघ १ गते, विहीबार ।

धर्मनाथ यादव
प्रदेश प्रमुख