प्रदेश सभाको मिति २०७५।०१।२१ र मिति २०७५।०१।२५ गते बसेको बैठकबाट पारित भएका विधेयकहरु क्रमशः “प्रदेश नं. ५ का सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “प्रदेश नं. ५ अन्तर्गतका गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” लाई आज मिति २०७५।०१।३१ गते माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको जानकारी गराउँदछु ।
मितिः २०७५ बैशाख ३१ गते सोमबार ।

(सनत कुमार दुवाडी)
सचिव