शुभकामना


शुभकामना

शुभ दीपावली २०७५, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

साँस्कृतिक वैभवको रुपमा रहेका हाम्रा चाड पर्वहरुले हामी बिच खुशियाली तथा हार्दिकता आदान प्रदान गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्। घर घरमा दीपावली सहित यमपञ्चक अवधिमा काग, कुकुर, गाई, धनधान्यकी देवी लक्ष्मीको पूजा, गोबर्धन पूजा, म्ह:पुजा गरी तथा दिदि बहिनीहरुले आ-आफ्ना दाजुभाईहरुलाई टिका लगाई हर्षोल्लासका साथ मनाइने चाड तिहारले सम्पूर्ण नेपालीहरूको मुहारमा उज्यालोपन ल्याउन सकोस् । सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्‌को रुपमा रहेको नेपाल सम्वत्‌ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्‌भाव अभिवृद्धि गर्ने कार्यमा सफलता मिलोस् एवं सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्व २०७५ ले सबै नेपालीमा राष्ट्रिय एकता, मेलमिलाप र आपसी सद्‍भाव कायम गर्न मद्दत पुर्‍याउने कुरामा म विश्वस्त छु।

अन्त्यमा, शुभ दीपावली २०७५, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको पावन अवसरले उत्साह र उमङ्गका साथ, सबै नेपालीमा खुसीको संचार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्‍ने मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मिति: २०७५ कार्तिक २० गते मंगलबार

(उमाकान्त झा)
प्रदेश प्रमुख