प्रदेश सभाको विभिन्न मितिमा बसेका बैठकबाट पारित भएका तपसिल बमोजिमका विधेयकहरुलाई माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको ब्यहोरा जानकारी गराउँदछु ।
तपसिल
क्र.सं. | प्रदेश सभाबाट पारित मिति | विधेयकको नाम | प्रमाणीकरण मिति |
१ | २०७५।१२।२७ | प्रदेश नं. ५, पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०१।२३ |
२ | २०७५।१२।२७ | प्रदेश नं. ५, प्रदेश पशु बधशाला तथा मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०१।२३ |
३ | २०७५।१२।२७ | प्रदेश नं. ५, मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०१।२३ |
४ | २०७५।१२।२५ | प्रदेश नं. ५, खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी बनेको विधेयक | २०७६।०१।२४ |
५ | २०७५।१२।२५ | प्रदेश नं. ५, तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०१।२४ |
६ | २०७६।०१।०८ | प्रदेश नं. ५, जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०१।२४ |
७ | २०७६।०१।०९ | प्रदेश नं. ५, प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक | २०७६।०१।२४ |
८ | २०७६।०१।१५ | प्रदेश नं. ५, संघ संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०१।२४ |
मितिः २०७६ साल बैशाख २५ गते बुधबार ।
(सनत कुमार दुवाडी)
सचिव