विज्ञप्ति


माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (२) मा उल्लेखित सिफारिश समितिको सिफारिशमा साविक जुभुङ्ग – ४ (हाल गुल्मी दरबार गाउँपालिका – २)  गुल्मी स्थायी ठेगाना भएका बर्ष ५८ का श्री बावुराम गौतम र साविक टिकुलीगढ – १ रुपन्देही स्थायी ठेगाना भएका बर्ष ३६ का श्री राहेल पोखरेललाई  सोही ऐनको दफा ३ को उपदफा (३) वमोजिम मिति २०७६।०६।३०  गतेका दिन प्रदेश लोकसेवा आयोगको सदस्य पदमा नियुक्त गर्नुभएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।

मिति: २०७६ असोज ३० गते बिहीबार ।  

(चिरञ्जिवी पौडेल)
प्रवक्ता / नि. सचिव