माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट प्रदेश सरकार, प्रदेश नं. ५ का माननीय मुख्यमन्त्रीज्यूको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७७ साल जेठ ९ गते शुक्रबार दिनको १:०० बजे प्रदेश सभाको अधिबेशन आव्हान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
मितिः २०७७ साल जेठ २ गते शुक्रवार, बुटवल ।
(चिरञ्जिवी पौडेल)
प्रवक्ता