शुभकामना


आज २०७७ साल जेठ १२ गते सोमबारका दिन पर्न गएको मुस्लिम धर्मालम्वीहरुको पवित्र चाड र्इद (र्इदल फित्र) को उपलक्ष्यमा सम्पूर्ण मुस्लिम दाजुभार्इ तथा दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वलार्इ सम्पूर्ण मुस्लिम दाजुभार्इ तथा दिदीवहिनीहरुले खुसी एवं उल्लासका साथ मनाउन सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।

सांस्कृतिक चाडपर्वहरु हरेक समुदायका आफ्ना मौलिक पहिचानहरु हुन् । यी राष्ट्रका अमुल्य निधिहरु हुन् । यिनै सांस्कृतिक संपदाहरुको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भातृत्व र एकतालार्इ मजबुत बनाउन सहयोग पुग्दछ ।

हाल देश र विदेशमा समेत फैलिरहेको यो COVID-19 महामारीको अवस्थामा एकजुट भर्इ जीवन रक्षाको प्रयासमा लाग्न सबै मुस्लिम दाजुभार्इ तथा दिदीवहिनीहरुलार्इ यस पर्वले थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने अपेक्षाका साथ पुन: सम्बद्ध सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दछु ।

२०७७।२।१२
बुटवल

(धर्मनाथ यादव)
प्रदेश प्रमुख

बिज्ञप्ति तथा सूचना

विज्ञप्ति

विज्ञप्ति