प्रदेश सभाको मिति २०७७/०२/१४ गते बसेको बैठकबाट पारित भएका तपसिल बमोजिमका विधेयकहरु माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणिकरण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।
तपसिल:
क्रम संख्या | प्रदेश सभावाट पारित मिति | विधेयकको नाम | प्रमाणिकरण मिति |
१ | २०७७/०२/१४ | स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ | २०७७/०२/२९ |
२ | २०७७/०२/१४ | लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ | २०७७/०२/२९ |
मितिः २०७७ साल जेठ २९ गते विहीवार, बुटवल।
(चिरञ्जिवी पौडेल)
प्रवक्ता