माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट प्रदेश सरकार प्रदेश नं. ५ का माननीय मुख्यमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम संवत २०७७ साल असोज २० गते मंगलबार राती १२:०० बजेदेखि प्रदेश सभाको चालु छैठौं अधिवेशन अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
मितिः २०७७ साल असोज २० गते मंगलबार , बुटवल ।
चिरञ्जिवी पौडेल
नि.सचिव