शुभकामना


विभिन्न रंगहरुमा रमाउँदै हर्ष र खुशीका साथ आपसमा शुभकामना आदानप्रदान गरी मनाईने होली पर्व यसवर्ष नेपालका पहाडी जिल्लाहरुमा फागुन शुक्ल पूर्णिमाका दिन अर्थात आज र तराई क्षेत्रमा भोली चैत्रकृष्ण प्रतिपदाको दिन मनाइदै छ । पावन पर्वको यस सुखद् अवसरमा म सम्पूर्ण प्रदेशवासीहरु लगायत समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ, सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

स्थान विशेष अनुसार पहाडी क्षेत्रमा ‘फागु पंर्णिमा’ तथा तराईका क्षेत्रहरुमा ‘होली’  भनेर मनाइने यो पर्व नेपालीहरुको आफ्नै विशिष्ट किसिमको मौलिक चाड हो । विभिन्न रङ्गहरुका साथमा उल्लासमय वातावरणमा मनाइने होली पर्वको हाम्रो समाजमा विशेष  सांस्कृतिक महत्व रहेको छ ।

होली पर्वले विभिन्न जातजाति भाषा भाषीहरु सहित मिलेर बसेका हाम्रा समुदायहरु बीचको आपसी स्नेह र एकता अझ बलियो बनाउन सबैलाई थप प्रेरित गर्न सकोस् । आ-आफ्नै विशिष्ट परम्परा र चलन अनुसार खुशियालीपूर्वक सबैले चाड मनाउन सकून । यस वर्षको होली पर्वले सबैमा सकारात्मक प्रेरणाको सञ्चार गर्न थप सघाउ पुर्याउन सकोस् । यसका लागि सबैमा शुभेच्छा प्रकट गर्दछु ।

गतवर्षदेखि संसारभर फैलिएको COVID-19 महामारीको असर अझैपनि कायमै रहेकोले सबै तहका सरकारहरुले तोकेका स्वास्थ्य सम्बन्धी विभिन्न मापदण्डहरुको पालना गर्दै आफ्नो र अरुको समेत जीवन रक्षाप्रति विशेष ध्यान दिई सुरक्षित रुपले होली पर्व मनाउन म सबैमा हार्दिक आव्हान गर्दछु ।   

अन्त्यमा, यसवर्षको होली पर्वले सबै नेपालीहरुमा हर्ष , उल्लास र उमंगका साथै सामाजिक सदभाव र एकताको भावनामा अझ अभिवृद्धि गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७/१२/१५                                                (धर्मनाथ यादव)
वुटवल ।                                                                       प्रदेश प्रमुख

बिज्ञप्ति तथा सूचना

विज्ञप्ति

विज्ञप्ति