माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट नेपालको संविधानको धारा १८३ को उपधारा (२) वमोजिम प्रदेश सरकार, लुम्बिनी प्रदेश, मन्त्रिपरिषद्को सिफारिशमा सम्वत् २०७७ साल चैत्र २४ गते मंगलवार राती १२:०० बजेदेखि प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।
२०७७ साल चैत्र २४ गते मंगलवार,
वुटवल ।
(चिरञ्जिवी पौडेल)
प्रवक्ता