नयाँ वर्षको शुभकामना


नयाँ वर्ष वि. सं २०७८ हामी नेपालीहरुको घर आँगनमा आइपुगेको छ । नववर्षको यस उल्लासमय अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहीनीहरुमा सुख, शान्ति समृद्धि एवं सुस्वास्थ्य र एकताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हामीबाट विदा हुँदै गरेको वि. सं २०७७ सालमा हामीले केही सहज र केही असहज परिस्थितिहरुका बीच आ-आफ्ना दैनिक क्रियाकलापहरुलाई जारी राख्नु पर्यो । खासगरी विगत एक वर्षभन्दा बढी समयदेखि विश्वका अधिकाशं देशहरुमा फैलिएको COVID-19 भाईरस महामारीको कारण ठूलो जनधनको क्षति भैसकेको छ । हामी नेपालीहरु पनि यसबाट प्रभावित भएका छौं । यो महामारीको असर हाल केही कम भएपनि यसबाट अझै पूर्ण रुपले छुटकारा पाउन सकिएको छैन । यस अवस्थामा हामीले संघ, प्रदेश र स्थानिय तहका सरकारहरुले जारी गरेका स्वास्थ्य सम्बन्धी विभिन्न मापदण्डहरुको पालना गर्दै एकातिर जीवन रक्षा गर्नुपर्नेछ भनें अर्कोतिर हाम्रा दैनिक क्रियाकलापहरु लगायत पेशा व्यवसायहरुलाई अगाडि बढाउनुपर्ने आवश्यकता पनि छ । यसका लागि हाम्रो प्रतिवद्धता र आपसी समन्वय जरुरी छ । नयाँ वर्षमा यस कार्यमा सबैलाई सफलता मिल्नेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा, नयाँ वर्ष २०७८ ले प्रदेशवासीहरु लगायत समस्त नेपालीहरुमा सुस्वास्थ्य, समृद्धि, आपसी सद्‍भाव र एकताको लागि थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनाका साथ सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०७८ वैशाख १, वुटवल ।                                         

(धर्मनाथ यादव)
प्रदेश प्रमुख