आज २०७८ साल श्रावण ६ गतेका दिन पर्न गएको मुस्लिम धर्मावलम्वीहरुको महान चाड “बक्र ईद” (ईद उल अजहा) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वलाई सम्पूर्ण मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरुले खुशी एवं उल्लासका साथ मनाउन सफल हुनुहुनेंछ भन्ने विश्वास लिएको छु ।
सांस्कृतिक चाडपर्वहरु हरेक समुदायका आफ्ना मौलिक पहिचानहरु हुन् । यी राष्ट्रका अमूल्य निधिहरु हुन् । यिनै सांस्कृतिक सम्पदाहरुको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सदभाव, भातृत्व र एकतालाई मजवुत बनाउन सहयोग पुग्दछ ।
हाल संसारका धेरै मुलुकहरुमा फैलिईरहेको यो COVID-19 महामारीको अवस्थामा सबैजना एकजुट भई आफ्नो र अरुको समेत जीवन रक्षाको प्रयासमा लाग्न सबै मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरुलाई यस वर्षको “बक्र ईद” (ईद उल अजहा) ले थप प्रेरणा प्रदान गर्न सक्नेछ भन्ने अपेक्षाका साथ पुन: सम्वद्ध सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२०७८ साल श्रावण ६ गते बुधवार बुटवल । (धर्मनाथ यादव) प्रदेश प्रमुख