विज्ञप्ति


माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले प्रदेश सरकार, लुम्विनी प्रदेश, मन्त्रिपरिषद्को मिति २०७८।४।२९ को निर्णयानुसार प्रदेश सभाको अधिवेशन आव्हान हुनको लागि माननीय मुख्यमन्त्रीज्यूबाट सिफारिस भै आएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्वत २०७८ साल भाद्र १ गते मंगलवार दिनको १३:०० वजे प्रदेश सभा भवन बुटवलमा प्रदेश सभाको अधिवेशन आव्हान गर्नु भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।

मिति: २०७८।४।२९ गते शुक्रवार, बुटवल

(चिरञ्जिवी पौडेल)

प्रवक्ता